अजोड इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको मंगलबार आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् ।

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबुस्थित हिमालयन बृद्घा आश्रममा आश्रीत ४३ (त्रिचालिस) जना बृद्घ तथा वृद्धाहरुको लागी खाद्यान्न सहयोग कार्यक्रममा प्रमुख अतिथी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा वृद्धि आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ्ग र अतिथी वडा नं. ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोडइन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?