मन्त्री कुँवरले गरे ईपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अनुगमन

लोकपथ
35
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् ।

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा बुझेका हुन्। रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने ईपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ । यो वर्ष पनि जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् ।

अहिले विद्यार्थीले युविटीमार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिन अघि विद्यार्थीको बाडोमेटीक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागि हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ ।

यो वर्ष ४४ हजार जना कृषी र पशुपालनतर्फको परीक्षमा सहभागि भएको इपिएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?