काठमाडौं । अवैध लागूऔषध गाँजासहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।
धुलो जस्तो देखिने पदार्थसहित प्रहरीले सोमबार साँझ सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ३२ वर्षीय जिवन चौधरीलाई पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थसहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंकाे दक्षिणकाली नगरपालीका–५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित एक जना पक्राउ परेका छन् । कलैया नगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारी पक्राउ परेका हुन् । सोमबार दिउसो कलैयाबाट काठमाडौंतर्फ आउदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै, बागलुङको बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका–६ बस्ने ४५ वर्षीय कृष्णप्रसाद पुरी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया