कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

लोकपथ
49
Shares

तनहु । तनहुँमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सोमबार राति गोरखा अजिरकोट गाउँपालिका–४ बस्ने ४५ वर्षीय धनबहादुर गुरुङ लगायत १३ जनालाई पक्राउ गरेको जनाएको छ । उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैया र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?