माओवादी केन्द्रको बैठक स्थगित

लोकपथ
0
Shares

काठमाडौं माओवादी केन्द्रको केन्द्रीय कमिटीको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए ।

विभिन्न ९ एजेन्डामाथि छलफल गर्न असार १९ गतेबाट माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

आइतबार र सोमबार विभिन्न विषयमा छलफल भएको थियो । भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ बुँदे राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?