काठमाडौं । दाङमा घर निर्माणका क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा लेबर काम गर्ने सोही उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीय लालबहादुर नेपालीको मृत्यु भएको हो ।
सोमबार बिहान घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, गुल्मीको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोल बस्ने ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नो घर नजिकैको मकै बारीमा बाँदर कुर्न जाने क्रममा भुइँमा लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
त्यस्तै बारा, परवानिपुर गाउँपालिका–५ बहुअरी बस्ने उपेन्द्रप्रसाद पटेलको छोरा ११ वर्षीय प्रिन्स पटेलको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नारायणी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया