अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन राहदानी विभागको आग्रह

लोकपथ
42
Shares

काठमाडौं । राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन आग्रह गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको भन्दै काठमाडौं नआउन अनुरोध गरेको हो ।

काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागले जनाएको छ ।

विभाग राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको छ । धेरै सेवाग्राहीलाई सेवा दिन क्षमता बढाउने, सबै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यालयहरुबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाएको विभागले जानकारी दिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?