एशियाड : १३ औँ स्थानको सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुष भलिबलमा पराजित भएको छ ।

बिहीवार भएको पुरुष भलिबलको १३ औँ स्थानको लागि भएको सेमिफाइनल खेलमा नेपाली टोली श्रीलंकासँग ३-१ ले पराजित भएको हो । 

पहिलो सेटमा जीत हात पारेपनि त्यसपछिका बाँकी सेटमा भने नेपालले हार बेहोरेको थियो । पहिलो सेट २५-२३ ले नेपालले आफ्नो पक्षमा पारेको थियो । तर, दोस्रो सेटमा पुनारागमन गर्दै श्रीलंकाले २५-१६ ले सहजै जित्यो।

श्रीलंकाले तेस्रो सेट टाइब्रेकरमा २६-२४ ले तथा चौँथो सेट श्रीलंकाले २५-२१ ले जितेको थियो । 

श्रीलंकासँग पराजित भएपछि नेपालले अब १५ औँ स्थानको लागि भियतनाम र कीर्गिस्तानबीचको खेलको पराजित टोलीसँग खेल्नेछ। १३ औँ स्थानको लागि भएको क्वाटरफाइनलमा भने नेपालले मंगोलियालाई पराजित गर्दै ‘एशियाड’मा पहिलो जित हात पारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?