काठमाडौं । नेपालको मोलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोकस्टार २ साउन अन्तिमबाट सुरु हुने भएको छ ।
बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ सुरु हुने जानकारी गराइएको हो । हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फर्म्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो ।
शो साउन अन्तिमबाट हरेक मंगलबार र बुधवार राति ८ बजेबाट प्रशारण हुनेछ । शोको निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शोको सञ्चालन लोकगायक प्रकाश समुतले गर्नेछन् । कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताए ।
कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरुमा सेयर गर्नेछु । उनले यो सिजनमा पनि विगतझैँ राम्रो प्रतिभा खोज्ने बताए । त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो सुरुवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरुलाई प्रोत्साहन गर्ने बताइन् ।
शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ भने शो विजेताले २० लाख रुपैयाँ नगद पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया