गरिबी निवारण बिम्सटेकको मुख्य एजेण्डा: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिम्सटेक) को चौथो सम्मेलनमा गरिबी निवारणलाई मुख्य विषय भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले शिखर सम्मेलनमा दिगो विकासलाई प्राथमिकताका राखेकोसमेत बताएका हुन् ।

१४ र १५ भदौमा काठमाडौंमा हुने सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, अन्तर क्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए । त्यसमध्ये गरिबी निवारणको नेतृत्व नेपालले गर्दै आएको छ ।

बिम्सटेक सम्मेलन आयोजना कुनै औपचारिकताका  नभई पहुँच विस्तारको लागि भएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?