वर्षाले काठमाडौंको फोहर व्यवस्थापनमा समस्या

लोकपथ
14
Shares

केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन् ।

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । कोल्पु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहरकै डङ्गुरबाट गाडीहरू बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईको भनाइ छ ।

गत फागुनदेखि सिसडोल बञ्चरेडाँडा स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?