महान्यायाधिवक्ताको जिकिर- ‘सरकारको नियमसंगत नै आईजीपी नियुक्ति गरेको हो’

लोकपथ
231
Shares

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई जारी रहेको छ ।

सो क्रममा सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारले विशेषाधिकार प्रयोग गरेर आईजीपी नियुक्ति गरेको जिकिर गरेका छन् ।

कामुप्रधानन्यायाधीश दीपकुमार कार्की र प्रधानन्यायाधीश कुमार चुडालको इजलासमा परेको उक्त मुद्दामा बसह गर्दै महान्यायाधीवक्ता खातीले सबै एआईजीहरु आईजीपी बन्न योग्य भएपनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको बताए ।

‘प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्न सक्ने र आफूभन्दा मुनिकालाई प्रोत्त्साहन गर्न सक्नेसहित प्रहरी नियमावलीको नियम ४१ अनुसार ६ आधार भएकालाई सरकारले आईजीपी बनाउने हो’, आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइमा उनले इजलासमा भने, ‘आईजीपी नियुक्ति सरकारको विशेषाधिकार हो । नियमसंगत नै बढुवा गरिएको हो ।’

सरकारले गत वैशाख १८ गते आईजीपी नियुक्त गरेसँगै त्यसको विरुद्ध एआईजी पोखरेलले मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?