राजीनामा बुझाएका मन्त्री आलेले पत्रकार सम्मेलन गर्दै

लोकपथ
434
Shares

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

मन्त्री पदबाट राजीनामा बुझाएका आलेले पत्रकार सम्मेलन गर्न लागेका हुन् । आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्न लागेको आलेको सचिवालयले जनाएको छ ।

आलेले आज पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आफूले पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए । यद्यपी प्रधानमन्त्रीले भने गरेका छैनन् ।

मन्त्रिमण्डल हेरफेर गर्ने निर्णयपछि एकीकृत समाजवादीभित्रको विवाद उत्कर्षमा पुगेको थियो । जसबाट असन्तुष्ट बनेका आलेसहित अन्य १० सांसदहरुले लिखित रुपमा असहमति जनाएका थिए । यद्यपी आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?