काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री आलेले पूर्व घोषित निर्णय अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा दिएका हुन् ।
मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो बन्दै गएपछि शुक्रबार उनले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए । त्यससँगै मन्त्री आलेले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
हाल एकीकृत समाजवादीबाट सरकारमा सामेल भएका ४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै आलेसहित अन्य मन्त्रीहरु असन्तुष्ट बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया