नसा च्यापिएका श्यामकाजी लामालाई अहमत कलामद्वारा आर्थिक सहयोग

लोकपथ
7
Shares

काठमाडौं। हिलारी हिकमत बोहराको नेतृत्वमा आयोजना भएको सहयोग कार्यक्रममा यसै हप्ता सिन्धुपाल्चोक, जुगल गाउँपालिका वडा न २ बस्ने २८ वर्षीय श्यामकाजी लामालाई सहयोग गरेको छ ।

नसा च्यापिएका श्यामकाजी लामालाई अहमत कलामले व्यक्तिगत रुपमा १५००० सहयोग गरेका छन् । बिरामी श्याम लामा हाल दिर्घायु अस्पतालमा उपचाररत छन् । कलाम मुस्लिम एकता समाजको अध्यक्ष साथै नेकपा एमालेका युवा नेता समेत हुन् ।

अहमत कलामले विगत लामो समयदेखि समाजसेवा गर्दै आएका छन् । विभिन्न दुखिपीडितलाई सहयोग गर्ने क्रममा यसै हप्ता उनले श्यामकाजी लामालाई सहयोग गरेका हुन् ।

हिलारी हिकमत बोहराको नेतृत्वमा उक्त सहयोग अभियान सम्पन्न गरिएको हो। बोहरा नेकपा एमालेका युवा नेता समेत हुन् । उक्त पहलमा चन्द्र लामा र विष्णु सिंहले पनि सहयोग गरेका छन् ।

एकदिनको खाजा खर्च कटाएर उनिहरु सहयोग कार्यक्रममा जोडिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?