काठमाडौं । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा ५२ जनालाई गरेको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ भएको छ ।
सर्वोच्चको संवैधानिक इजलासमा भएको सुनुवाइमा उक्त उक्त मुद्दामा राष्ट्रपति कार्यालयमा भएका सक्कल मिसिलहरु झिकाउनको आदेश भएको रिट निवेदकमध्येका एक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
‘उक्त मुद्दामा राष्ट्रपति कार्यालय शीतलनिवासबाट भएका सक्कल मिसिलहरु झिकाउने आदेश भएको छ ।’ उनले भने ।
त्यसैगरी न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारीलाई संसदीय सुनुवाई विपरित भएको भन्दै उनको हकमा भने के कसो भएको हो म्याद जारी गर्ने र उनलाई प्रत्यार्थीको महलमा नाम सूचित गर्ने निर्णय गरेको उनले बताए ।
तत्कालिन प्रधानमन्त्री ओलीले संसद विघटन भएका बेला अध्यादेशमार्फत अख्तियारसहित अन्य संवैधानिक निकायहरुमा गरी ५२ जनालाई नियुक्ति गरेका थिए ।
त्यसको विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल र ओमप्रकाश अर्याल लगायतले निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया