इच्छाराजलाई छुटाउन करोडौँको डिल गरेको अडियो सार्वजनिकपछि बोलाइयो न्याय परिषद्को बैठक

लोकपथ
364
Shares

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्याधीश दीपककुमार कार्कीले आकस्मिक न्याय परिषद्को बैठक आह्वान गरेका छन् ।

काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोशियसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलबीच आर्थिक मुद्दा मिलाउने विषयको विवादास्पद अडियो सार्वजनिक गरेसँगै कार्कीले आकस्मिक बैठक बोलाएका हुन् ।

मंगलबार साँझ न्यूज २४ टेलिभिजनले प्रशारण गरेको रिपोर्ट अनुसार सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराम तामाङलाई धरौटीमा छुटाउने विषयमा आर्थिक लेनदेनको छलफल भएको थियो । जसका लागी १० करोड घुस लेनदेनको विषय आएसँगै त्यसको छलफल गर्न कामुप्रन्या कार्कीले बैठक बोलाएका हुन् ।

अडियो अनुसार पोखरेलले कोइरालालाई सम्पर्क गरी १० करोड घुस लिने र त्यसबापत इच्छारामलाई धरौटीमा छाड्न आग्रह गरेका छन् ।

‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो,’ परिषदका एक सदस्यले भने, ‘एजेण्डावारे बताइएको छैन ।’ अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो । पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?