अनमोल केसीको नयाँ अवतार, ‘क्यापटेन’को पोस्टर सार्वजनिक

अनमोल केसी आफ्नो नयाँ चलचित्र ‘क्याप्टेन’मा खेलाडीको भूमिकामा देखिने भएका छन् ।

शनिवार फिल्मको अफिसियल पोस्टर रिलिज भएको छ । फिल्मका निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जाल मार्फत् ‘क्याप्टेन’ को आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा अनमोललाई ११ नम्बरको नेपालको जर्सीमा देख्न सकिन्छ । 

फिल्मको प्रदर्शन मिति भने तय नभए तापनि कार्तिकमा प्रदर्शन हुने सम्भावना रहेको निर्माण पक्षले बताएको छ । 

अनमोलसँगै फिल्ममा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सनबिक्रम राई लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?