मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

लोकपथ
84
Shares

काठमाडौं । सुन्दरी प्रतियोगितामा युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंले पाण्डेलाई थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाले मानव बेचविखन मुद्दामा सो आदेश दिएका हुन् ।

अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

आठ वर्ष अघि सुन्दरी प्रतियोगितामा युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा गत जेठ ७ गते प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?