काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमा सुनुवाई सुरु भएको छ ।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाई सुरु भएको हो ।
अहिले सर्वोच्चको संयुक्त इजलासमा निवेदक एआइजी विश्वराज पोखरेलको तर्फबाट अधिवक्ता पूर्णमान शाक्यले बहस गरिरहेको छन् ।
सरकारले आइजीपी नियुक्तिमा वरियता मिचेको भन्दै गत वैशाख १८ गते एआइजी पोखरेलले सर्वोच्चमा रिट दिएका थिए । यसअघि पनि उक्त मुद्दामा पेशी तोकिए पनि ‘हेर्दाहेर्दैमा’ मा राखिएको थियो ।
सरकारले धीरजप्रताप सिंहलाई प्रहरी प्रमुखमा नियुक्त गरेसँगै एआईजी पोखरेलले रिट दायर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया