भीम रावलको प्रश्न- ‘एसपीपीमा सहभागी हुन्‍नौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?’

लोकपथ
140
Shares

काठमाडौं । एमाले सांसद भीम रावलले अमेरिकन सहयोग कार्यक्रम स्टेट पार्टनरसशिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने भनेर सरकारले अझै पत्र नलेखेको भन्दै आपत्ति जनाएका छन् ।

एसपीपीमा नेपाल सहभागी हुन नसक्ने भनेर अहिलेसम्म पत्र नलेखेको भन्दै रावलले प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सबन्ध समितिले नै सरकारलाई पत्र लेख्नका लागि निर्देशन दिनुपर्ने मागसमेत गरेका छन् ।

‘एसपीपीबारे प्रधानमन्त्री स्वयंबाट जवाफ माग गरिरहेका थियौं, समितिको बैठकमा जवाफ दिन प्रधानमन्त्री आउन पर्दैन ? उहाँ नआउँदा आशंका भइहाल्छ,’ रावलले बैठकमा भने, ‘एसपीपीमा संलग्न हुन्‍न, हुने छैनौँ भनेर पत्र लेख्नुपर्छ, सरकारले अहिलेसम्म किन अमेरिकालाई पत्र नलेखेको ? त्यसैले यो बैठकले प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौ भनेर पत्र लेख्न निर्देशन जारी गरौँ ।’

समितिको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?