ओलीको कटाक्ष : ‘शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री भएका छैनन्’

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा कहिले पनि निर्वाचन जितेर प्रधानमन्त्री नबनेको भन्दै कटाक्ष गरेका छन् ।

२०५२ सालदेखिको इतिहास कोट्याउँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देउवा पार्टीभित्रको जालझेल र अदालती तिकडमबाट प्रधानमन्त्री भएको आरोप लगाए ।

शुक्रबार नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिह?को प्रतिक्षमा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।

‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट । ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो । ‘उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भा छैन । पार्टीभित्रको जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ’। ओलीले भने ।

त्यसैगरी नेकपा एमालेको सरकारले ५ वर्ष मुलुकको शासन चलाएमा अन्य राजनीतिक पार्टीह?को साइनबोर्ड हराउने भएपछि मुद्दा मामिला गरिएको समेत दाबी गरे ।

‘एमालेले ५ वर्ष मुलुकको शासन व्यवस्था चलाउन पाउने हो भने अ? कुनैपनि पार्टीले पार्टीको साइनबोर्ड राख्न स्थिति नहुने भो । त्यही भएर मुद्दा मामिला अहिलेको जस्तो ।’ ओलीले भने ।

अध्यक्ष ओलीले देशमा पुजीवादी शक्ति कमजोर भएर एक्लै लड्ने सामथ्र्य राख्न नसकेको समेत जिकिर गरेका छन् ।

हाम्रो देशमा पुँजीवादी शक्ति यसरी कमजोर भएका छन् उनीह? एक्लै लड्ने सामथ्र्य राख्दैनन् । त्यहीँ भएर कम्युनिष्टको बर्को ओढ्ने, खोल ओढ्ने र विकाउ मालको वैशाखी टेकेर कम्युनिष्ट शक्तिसँग लड्नु परेको छ ।’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?