एसीसी महिला टी–२० च्याम्पियनसिप : राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

लोकपथ
42
Shares

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई मंगलबार बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर एसीसी महिला टी–२० च्याम्पियनसिपमा सहभागि हुन बुधबार मलेसिया प्रस्थान गर्न लागेको टोलीलाई बिदाई गरेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले बिदाई गरेका हुन् । बिदाईपछि बोल्दै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले एसिया कपमा छनोट भएर फर्किने बताए । अन्तर्राष्ट्रिय सहभागितामा खासै उपलब्धि हात पार्न नसकेको भन्दै कप्तान रुबिनाले महिला टोलीले यो संस्करणमा इतिहास रचेर स्वदेश फर्किने बताए ।

एसिया कप छनोट हुने लक्ष्यका साथ नेपाली टोलीले कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा महिना दिन यता अभ्यास गरेको थियो । युगाण्डासँगको श्रृंखलापछि भएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टोलीले अभ्यासलाई निरन्तरता दिएको थियो । च्याम्पियनसिप मलेसियामा जुन १७ गतेदेखि २५ जुनसम्म हुँदैछ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एशिया कपका लागि छनोट हुनेछन् ।

सोही लक्ष्य लिएर नेपाली टोली प्रस्थान गर्न लागेको हो । नेपालले प्रतिष्पर्धा गर्ने समूहमा आयोजक मलेसियासहित, हङकङ, भुटान, बहराईन र कुवेत रहेका छन् । कार्यक्रममा मुख्य प्रशिक्षक जगत टमाटाले टोलीको लक्ष्य भनेको च्याम्पियन भएर स्वदेश फर्किने रहेको र सोही अनुसार नेपाल मौसम प्रतिकुल भएपनि तयारी गरेको बताए ।

बिदाई कार्यक्रमपछि बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपालले राम्रो खेल पस्किनेमा विश्वस्त रहेको बताए । खेलाडी र प्रशिक्षकलाई शुभकामनासमेत दिए । नेपाली टिमले जुन १७ मा भुटान, १८ जुनमा कुवेत, २० जुनमा बहराइन र २० मा हङकङसँग खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?