काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दाको पेसी तोकिएको छ ।
सर्वोच्चले उक्त मुद्दाको सुनुवाइको लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।
धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाई सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।
सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो ।
पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपीमा नियुक्त गर्नु प्रहरी ऐनविपरीत भएको भन्दै रिट दायर गरेका थिए ।
सरकारले गत वैशाख १८ गते सिंहलाई आईजीपी नियुक्त गरेसँगै पोखरेलले त्यसको विरुद्ध मुद्दा दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया