बर्दिबासमा बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

महोत्तरी । बर्दिबास नगरपालिका वडा नं. ३ मा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आइतबार बिहान बर्दिवासबाट यात्रु बोकेर सिन्धुली जाँदै गरेको ना ३ ख ९९९९ नम्बरको बस र सिन्धुलीको भिमानबाट बर्दिवास आउँदै गरेको ज ११ प ५५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक नेत्रबहादुर स्माली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बर्दिवास ३ पर्साही धाप बस्ने ३५ वर्षीय स्माली मगरलाई उपचारका लागि जनसेवा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी हवल्दार टिका हाइयुले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार सिन्धुलीको कमलामाइ नगरपालिका ११ बस्ने इन्द्रबहादुर आले घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?