डाबर वाटिका मिस नेपाल-२०२२ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण

लोकपथ
42
Shares

काठमाडौं । डाबर वाटिका मिस नेपाल-२०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरु आज बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन् । यस भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्न पाए र साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए ।

डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभित्र उत्पादनहरुमा पनि प्रयोग गरेका छन् । हिजो विश्व वातावरण दिवसको अवसरमा प्रतियोगीहरुले डाबर नर्सरीको परिसरमा वृक्षारोपण गरी मनाएका थिए ।

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए । डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ जसले नेपालको ३० वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवर्द्धन र खेती गर्दछ र ६० वटा सहकारीमार्फत जडीबुटी खेती गरी किसानहरुको जिविकोपार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?