जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट हुने सुन तस्करीका सबै प्वालहरू बन्द भइसकेको दाबी गरेका छन् ।
शनिवार प्रदेश नम्बर २ को राजधानी जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लामो अनुसन्धानपछि सुन तस्करीका सबै प्वालहरू बन्द गर्न सफल भएको बताएका हुन।
प्रधानमन्त्री ओलीले भने, केही समयदेखि ३८ सय क्विन्टल सुन तस्करी भएको रहेछ। गोजीमा बोकेर होइन। सुन त उम्कियो तर सुन तस्करीका सबै प्वाल बन्द भएका छन्।
त्यसतै उनले, संविधानले कसैलाई पनि विभेद नगरेको दाबी गरेका छन्।
‘संविधानले कसैलाई विभेद गर्दैन। गरेको छैन। यदि विभेद गरिएको छ भने वा त्यस्तो देखियो भने संविधान र कानून संशोधन हुन्छ’ प्रधानमन्त्रीले भने, ‘कहाँ विभेद छ देखाउनुहोस् संघीय सरकारले संशोधन गर्छ। विभेद छ भन्ने देखिएमा हटाउँछ।’
नेपालको हरेक नागरिकले नागरिकताको प्रमाणपत्र पाउने बताउँदै उनले नागरिकताकै लागि कुनै झण्झट बेहोर्न नपर्ने बताए। नेपालको हरेक नागरिकले नागरिकताको प्रमाणपत्र पाउने बताउँदै उनले नागरिकताकै लागि कुनै झण्झट बेहोर्न नपर्ने बताए।
प्रधानमन्त्री ओलीले मधेशमा दाइजोजस्तो कुप्रथा हटाउनुपर्नेमा जोड दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया