न्यूरोडमा एक पुरुष मृत अवस्थामा फेला

लोकपथ
1.2k
Shares

काठमाडौं । काठमाडौंको न्यूरोडमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका २४ रञ्जना सोडा गल्लीमा टेकु बस्ने ३४ वर्षीय सुरेन महर्जन मृत फेला परेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले लोकपथलाई जानकारी दिए।

बुधबार बिहानै रञ्जना सोडा गल्लीमा एक पुरुष अचेत अवस्थामा लडिरहेको खबरपछि अपराध महाशाखाको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा पुगेको थियो।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको एसपी मैनालीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?