दुर्गन्ध फैलिन थालेपछि फोहोर उठाउन सडकमा ओर्लिए काठमाडौं-१६ का वडाध्यक्ष रिजाल

लोकपथ
952
Shares

काठमाडौं । लामो समयसम्म फोहोर नउठेर दुर्गन्ध फैलिएपछि काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाल फोहोर व्यवस्थापनमा जुटेका छन् ।

दुर्गन्ध फैलिएको जनगुनासो आएपछि वडाध्यक्ष रिजाल आफ्नो वडाको फोहोर आफैँ उठाउन थालेका हुन्।

सोमबार बिहानदेखि वडा नम्बर १६ का विभिन्न ठाउँहरूमा रहेको फोहोर व्यवस्थापन गरेका हुन् ।

झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि आफू फोहोर व्यवस्थापनमा जुटेको वडाअध्यक्ष रिजालले जानकारी दिए ।

सोमबार बिहानै वडाध्यक्षसहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।

 

काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोलमा फोहोर जान नसक्दा काठमाडौंमा फोहोर थुप्रिएको छ ।
फोहोर व्यवस्थापनका लागि भन्दै काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह पटकपटक सिसडोल पुगे पनि समस्या समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?