काठमाडौं । देशको केन्द्रीय शासन प्रणालीलाई विकेन्द्रीकृत गर्न राज्यको पुनर्संरचना भएअनुसार अहिले देश केन्द्र, प्रदेश र स्थानीय सरकार गरी तीन तहमा रहेको छ । सानातिना कामको लागि पनि जिल्ला सदरमुकामदेखि सिंहदरबारसम्म धाउनुपर्ने बाध्यतालाई यो व्यवस्थाले सहज बनाएको छ ।
राज्यको पुनर्संरचनापछि अहिले हाम्रो घरआँगनमै सरकार उपस्थित भएको छ । अहिलेको व्यवस्थाअनुसार तल्लाे तहको सरकारको रुपमा रहेको वडा कार्यालय नै हामी सबैको सबैभन्दा नजिकको सरकार हो ।
जनताको सहजताका लागि केन्द्र सरकारको त कुरै छाडौँ नगरपालिका वा गाउँपालिकाको कार्यालय पनि धाउनु नपर्ने व्यवस्था सरकारले गरेको छ । हाम्रा अधिकांश सरकारी कामहरू अहिले वडा कार्यालयबाटै हुन्छन् ।
वडा कार्यालयबाट के–के काम हुन्छन् त ?
- नागरिकता र नागरिकताको प्रतिलिपि सिफारिस
- जन्ममिति प्रमाणित
- विवाह दर्ता तथा प्रमाणित
- नाता प्रमाणित
- घरजग्गा प्रमाणित
- व्यक्तिगत विवरण प्रमाणित
- घरपुर्जा प्रमाणित
- पुर्जा हराएमा प्रमाणित
- नामथर, जन्ममिति संशाेधन
- मृत्युदर्ता, हकदार नामसारी
- वैवााहिक वा अंगिकृत सिफारिस
- गरिब , विपन्न प्रमाणित
- घर-जग्गा धितोकाे मूल्यांकन
- घर-जग्गा कर
- कित्ताकाट सिफारिस
- मिलापत्र
- निःशुल्क उपचार सिफारिस
- पोषणसम्बन्धी व्यवस्था
- घर बहाल र कर सिफारिस
- मोही लगत कट्टा सिफारिस
- व्यापार व्यवसाय खोलेको वा बन्द गरेको प्रमाणित गर्न
- उद्योग नामसारी वा ठाउँसारी गर्न
- विद्यालय खोल्न सिफारिस
- विद्यालयको कक्षा थप्न
- विद्यालय ठाउँसारी गर्न… आदि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया