म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएराती गएको पहिरोले ४ घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो ।
रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिएपनि विहान पख पहिरो गएकाले भागदौड गरि स्थानीयले ज्यान जोगाएको स्थानीय व्यवसायि कासीराम पुनले जानकारी दिए । पहिरोले चार घरभित्र रहेका खाद्यान्न,लत्ताकपडा, लगायत सबै सामान पुरिएको छ ।
बिलबाङमा साना ठुला पहिरोबाट ११ घरधुरी थप उच्च जोखिममा परेका छन् । कासीराम पुन, बुद्धिराम पुन, दलबहादुर पुन, मनमान पुन, तमबहादुर पुन, हर्कलाल रोका, तुलबहादुर रोका, तुलप्रसाद पुन, बलबहादुर घर्ति, जुद्धमान पुन, महेन्द्र पुनको घर जोखिममा परेका छन् ।
पहिरोमा परेर घाईते भएका आमा छोरा मिराकुमारी पुन र बसन्त पुनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरो गएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको र क्षेतीको अवस्थाबारे गाउँपालिका र सुरक्षा निकायलाई जानकारी गराईएको वडा अध्यक्ष नरबहादुर पुनले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया