महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ तालिम

लोकपथ
77
Shares

हुम्ला । सिमकोट गाउँपालिकामा तीन महिने सिलाइकटाइ तालिम सुरु भएको छ ।

सहारा समूहको आयोजनामा सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा विपन्न महिला र फरक क्षमताका व्यक्तिका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।

तालिमको प्रमुख जिल्ला अधिकारी सिता परियार र जिल्ला समन्वय समिति हुम्लाका समन्वय प्रमुख दान बहादुर रावतले तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै रावतले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी नेपालीले सीपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने भएकाले राम्रोसँग बुझेर सिलाइकटाएको तालिम लिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?