काठमाडाैं-विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङका जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरुमध्ये ४ जना सिकिस्त छन् ।
लेटाङ नगरपालिका ९ जाँतेस्थित श्रीमाध्यामिक विद्यालय परिसरमा रहेको ट्यांकीको पनी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।
ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन् ।
विषादी कसले मिसायो भन्ने खुलेको छैन । पनी पिएका विद्यार्थीलार्य रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया