राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

लोकपथ
175
Shares

हेटौँडा । राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन् ।

हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन् ।

जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी काल देखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफुले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?