प्रहरी अस्पतालको उपचार सेवा गुणस्तर बनाउन निर्देशन, मेडिकल शिक्षा सञ्चालनको तयारी

काठमाडौं । गृह सचिव प्रेमकुमार राईले नेपाल प्रहरी अस्पतालको उपचार सेवालाई गुणस्तर बनाउन निर्देश्न दिएका छन् । 

अस्तालले तल्लो तहका प्रहरी कर्मचारीहरुको उपचार सेवामा खासै चासो नदेखाएको गुनासो गरेपछि सचिव राईले यस्तो निर्देशन दिएका हुन । 

आज विहान प्रहरी अस्पतालको निरीक्षण गर्न महाराजगञ्ज पपुेगका राईले अस्पतालको स्वास्थ्य उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिदैं भने अस्पताललाई मेडिकल कलेज बनाउनका लागि उत्कृष्ठ सेवा नै गुणस्तर मापनको महत्वपूर्ण आधार हो । 

उनले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रिया अन्तिम चरणमा रहेको पनि जानकारी गराए । गृह मन्त्रालयले प्रहरी अस्पताल महाराजगञ्जमा मेडिकल कलेज सञ्चालनको तयारी गरेको छ । 

‘प्रहरी अस्पताललाई चिकित्सा शिक्षण संस्थाको रुपमा अगाडि बढाउने भन्ने विषयमा छलफलको प्रक्रिया करिव अन्तिम चरणमा पुगेको छ’ उनले भने – प्रहरी अस्पतालमा नै मेडिकल कलेज सञ्चालन गर्न सके दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने छ । 

  अस्पताललाई आवश्यक पर्ने मेडिकल जन्य उपकरण र  प्राविधिक सामाग्रीहरु उपलब्ध गराउन मन्त्रालय सधै तत्पर रहेको प्रष्ट पार्दै सचिब राईले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सुविधा र उपचार सेवामा गुणस्तरमात्र नभइ सेवामा बृद्धि गर्दै लैजानु पर्नेमा जोड दिए । 

 अस्पतालमा कार्यरत जनशक्तिलाई दक्ष बनाउनका साथै उनीहरुको वृत्ति विकासमा विशेष ध्यान दिन आग्रह गर्नु भएको थियो । गृहसचिव राईले यसका लागि स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गर्न गृह मन्त्रालय लागि परेको बताएका हुन ।

  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताललाई मुलुककै नमूना अस्पतालको रुपमा विकास गर्न अझै उत्कृष्ट सेवा र बिरामीमैत्री सुविधा प्रदान गर्नुपर्ने आवश्यकता औल्याए । प्रहरी कर्मचारी, तिनका परिवारको उपचारमा विभेद रहित ढंगले सेवा पु¥याउन निर्देशन दिए । 

  सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेलले विविध समस्याका बाबजुद अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, अस्पताल व्यवस्थापन, बिरामीलाई गर्ने व्यवहार, औषधी वितरण लगायतका समस्यामा क्रमिकरुपमा सुधार हुदै आएको दावी गरे ।  

अस्पतालका डिपुटी मेडिकल डाइरेक्टर प्रहरी नायव महानिरीक्षक डा.दुर्गा थापाले अस्पतालको काम कारवाही उपचारसेवा, भौतिकपूर्वाधारलगायत विभिन्न गतिविधिका बारे विवरण पेश गरेका थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?