हुम्लामा हेलिकप्टरको पंखाले लागेर भारतीय नागरिकको मृत्यु

हुम्ला । हुम्लाको हिल्सामा हेलिकप्टरको पछाडिको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।

मनाङ हेलिकप्टरको पछाडिको फ्यानले लागेर भारतका ४२ वर्षे नगेन्द्रकुमार कार्त्तिक मेहताको ज्यान गएको हो। उनी मानसरोबर जान लागेका थिए।

हेलिकप्टर सिमिकोटबाट उडेर नाख्या  १ को हेलिप्याडमा ल्यान्ड भएको थियो। उनको शव सिमिकोट ल्याउन लागिएको प्रहरीले जानकारी दिएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?