काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको प्रभाव राजधानीमा सामान्य देखिएको छ।
केही निजी विद्यालय तथा कलेजहरू बन्द भए पनि सवारीसाधन, बजार, उद्योगधन्दाहरू खुलेका छन्। राजधानीको शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाइएको प्रहरीले जनाएको छ।
काठमाडौंमा बन्दको ठूलो असर नपरेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए। २ जनालाई जमलमा बमसहित पक्राउ गरिएको र केही स्थानमा शंकास्पद वस्तुहरु भेटिएको उनको भनाई छ।
तर बन्दकर्ताले मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी गरेका छन् । काठमाडौं लैजादै गरेको बसमा मंगलबार बिहान ६ बजे आगजनी भएको हो।
उता बुटवलस्थित भारतीय पेन्सन क्याम्पको शौचालयम बिष्फोट भएको छ।
नवलपरासीमा उनीहरुले २ वटा ट्रक जलाएका छन्।
पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डु पक्राउ परेको विरोधमा पार्टीले आज देशभर बन्द आह्वान गरेको हो।
व्यवसायीलाई धम्काएर सात करोड असुलेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। चन्दा मुद्दामा उनीहरुविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया