पार्टी बनाउने लक्ष्यका साथ कमल थापा देश दौडाहामा

लोकपथ
63
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी बनाउने लक्ष्यका साथ देश दौडाहामा निस्किएका छन् । जसअनुसार उनी बुधबार हेटौंडामा “बर्तमानका चुनौती र बिकल्प” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । पार्टी अध्यक्ष थापाले बुद्धिजीवी ,नागरिक समाजका अगुवा,विभिन्न पेशा, बर्ग, क्षेत्र समुदायका ब्यक्तिहरुसङ्ग अन्तरक्रिया गर्न लागेका हुन् ।

जनताको माझमा राप्रपा नेपाल अभियान अन्तरगत कार्यक्रम हुन लागेको र यस्तो प्रकृतिको कार्यक्रम सातै प्रदेशमा आयोजना हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार यो कार्यक्रम सँगै सबै प्रदेशमा अगुवा कार्यकर्ता भेला पनि संचालन गरिनेछ । केही महिना अघि राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि थापा जनतासँग जोडिने भन्दै देश दौडाहामा निस्किएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?