काठमाडौंमा चल्ने बसमा एसी सहित ह्वीलचियर राख्ने मिल्ने सुविधा

काठमाडौं । ‘समृद्धि यातायात’ नाममा सञ्चालनमा आउने १० ठूला बसमा एयर कन्डिसनर (एसी)को सुविधा हुने भएको छ । 
 थ्रीफ्ट मल्टिप्रपोज कम्पनीले बुधबारबाट काठमाडौंमा  बसहरु सञ्चालनमा ल्याउन लागेको हो ।  । 

काठमाडौं उपत्यकामा पहिलोपटक सार्वजनिक यातायातमा एसीको सुविधा दिन लागिएको हो । बसमा अफलाइन मल्टिमिडियासहित वाइफाइको सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।
प्रशस्त स्पेश भएको अपांगमैत्री ४० सिटे बसमा यात्रा गर्न असहज नहुने कम्पनीका सञ्चालकहरु बताउँछन् ।

स-साना ६० भन्दा बढी ब्यवसायीले पुँजी जम्मा गरेर खोलेको कम्पनीले लगानीको सुरूआत सार्वजनिक यातायातमार्फत गरेको हो ।

१० वटा बसमध्ये ६ वटाले नयाँबसपार्क-नारायणगोपालचोक-रत्पनपार्क-त्रिपुरेश्वर-कालिमाटी-कलंकी-सितापाइला हुँदै नयाँबसपार्कमा परिक्रमा गर्नेछन् ।

४ वटा बसहरु भने नयाँबसपार्क-चाबहिल-एपरपोर्ट-तीनकुने-नयाँबानेश्वर-रत्नपार्क आएर सोही रुट भएर फर्किनेछन् ।

निशुल्क वाईफाई, एलइडी टीभी, रुटको नक्सा, लगायतका सुविधा पनि छन् । ह्वीलचेयर राख्ने स्पेश पनि छ ।  यस्तै उभिएर यात्रा गर्नेका लागि प्रशस्त स्पेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?