योगेश भट्टराईको आरोप : ‘कमिसन नआउने क्षेत्रमा बजेट नछुट्याउने अर्थमन्त्रीज्यू ?’

लोकपथ
259
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीले कमिसन नआउने क्षेत्रको लागि बजेट नछुट्याएको आरोप लगाएका छन् ।

मंगलबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट घटाइएको बताए ।

संसदमा बोल्दै उनले अघिल्लो वर्षभन्दा स्वास्थ्यको बजेट घटाइएको भन्दै अर्थमन्त्रीले कमिसन नआउने क्षेत्रमा बजेट नछुट्याइएको आरोप लगाए ।

‘स्वास्थ्यको कुरा गर्ने हो भने पहिलेभन्दा बजेठ घटाइएको छ । के कमिसन अनाउने भएको कारण स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरुको बजेट घटाइएको हो त ?’ उनले भने ।

त्यसैगरी बजेटले कुनै पनि गन्तव्यमा नपुग्ने उनको दाबी रहेको छ ।

‘यो बजेट वास्तवमा केहो ? यो बजेट चौबाटोमा पुगेको छ । कता जाने गन्तव्यमा पुग्दैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?