काठमाडौं : चन्द्रागिरी नगरपालिका, सतुंगलस्थित सिप्रदी ट्रेडिङमा बम भेटिएको छ ।
बम निष्क्रिय पार्न अहिले नेपाली सेनाको बम डिस्पोजल युनिट घटनास्थल पुगेको छ ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अाफ्ना प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउको विरोधमा मंगलबार नेपाल बन्द घोषणा गरेको छ ।
मंगलबार बिहानैदेखि देशका विभिन्न स्थानमा बम र विस्फोटक पदार्थ भेटिएको छ भने सवारीसाधनमा अज्ञान व्यक्ति र समूहले अागजनी गरिररहेका छन् ।
भक्तपुरमा भेटिएको बमलार्इ नेपाली सेनाले निष्क्रिय पारेको छ ।
नवलपरासीको कावासोतीमा पराल बोकेको २ वटा ट्रकलार्इ अज्ञात समूहले जलाएको छ ।
राैतहटको चन्द्रपुरस्थित लच्कामा पनि बम भेटिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया