प्रतिनिधिसभा मातहतको समितिको निर्वाचन भदौ पाँच गते

काठमाडौं । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ । 

प्रतिनिधिसभाको नियमावली नियम १७३ को उपनियम १ बमोजिम आगामी भदौ ५ गते बिहान ११ बजे समितिको सभापतिहरुका लागि निर्वाचन हुनेछ ।

प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिएका हुन् । 

समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आजै निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ । 

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?