४८ घण्टाभित्र ‘प्रकाण्ड’लाई अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालले आदेश दिएको छ । 

नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा प्रकाण्डलाई रिहाइको माग गर्दै निवेदन दिएको उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्डलाई किन थुनामा राखिएको हो ? बन्दीसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश दिएको हो ।

साउन २२ गते हेटौंडाबाट काठमाडौं आइरहेको बा १४ प २७२९ नम्बरको सवारीमा रहेका प्रकाण्ड दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरिएको थियो । उनीसँगै हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । यसअघि प्रहरीले चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?