प्रतिपक्षी कड्कीए संसदमा : कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाइदिने ?

काठमाडौं । संसद बैठकमा कर वृद्धिको विरोध भएको छ । संसद बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको तत्काल समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले  भने “कुखुरा, परेवा जे देख्यो त्यसमा कर लगाईदिने ? हुँदाहुँदा अब मान्छे माथि कर लगाउने स्थिति आईसक्यो । यस विषयमा सरकार सचेत भएन भने कसैकसैलाई लागेको होला संघीयतालाई वद्नाम गर्नलाई यो पर्याप्त छ ।’

मनोमानी ढंगले कर थोपर्ने काम भईरहेको भन्दै उनले कर वृद्धिलाई आम जनताले निर्वाचनले दिएको उपहार भन्ने बुझ्न थालिसेकेको भन्दै तत्काल यो समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?