देशको सबै खाल्डा पुर्नलाई बिम्सटेकका पाहुनालाई अलगअलग होटलमा राख्नु पर्छ: गगन थापा

काठमाडौं । बिम्सटेकका सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई आग्रह गरेका छन् ।

संसदको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले विदेशी पाहुनाहरुलाई फरक फरक होटलमा राख्दा काठमाडौंमा सडकका खाल्डाखुल्डी पुरिने बताए ।

‘बिम्सटेकमा आउने ६ राष्ट्रका पाहुनाहरुलाई एउटै होटलमा नराखी विभिन्न ६ वटा होटलमा राख्नु पर्छ। बिदेशी पाहुनाले खाल्डो मैलो हिलो देख्नासाथ इज्जत जाने मान्यता राख्ने हाम्रो सरकारले खाल्डाखुल्डी पुर्नेछ,’ थापाले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?