काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जानकारी दिएको छ ।
यसैगरी, आज चाँदी पनि शुक्रबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया