काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको बैठकमा २ घण्टा लामो भाषणा गरेका छन् ।
नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिएका ओलीले विशेष सम्बोधन लिएर संसदमा सम्बोधन गरेका हुन् । २ घण्टासम्म ओलीले गठबन्धन सरकार र नीति तथा कार्यक्रमका बारेमा आलोचना गरिरहेका छन् ।

२ घण्टा भन्दा लामो भाषण भएका कारण केही सांसदहरु मज्जा मानिरहेका छन् भने कोही दिक्क मानिरहेको देखिन्छ । ओलीले भाषण गरिरहँदा नेकपा एमालेका सांसदहरु कहिले टेबल ठोक्दै छन् त कहिले उनका कुरामा मज्जा मानिमानी हासिरहेका छन् ।
यता सरकार पक्षका सांसद र अन्य दलका सांसदहरु भने कोही मोबाइल चलाइरहेका छन् भने कोही एक अर्काबीच कुराकानी गरिरहेका देखिन्छ । भने केही सांसदहरु निदाइरहेका छन् ।

यद्यपी ओलीले सम्बोधनका क्रममा वर्तमान गठबन्धन सरकारको कटाक्ष गरेका छन् । त्यसैगरी उनले नीति तथा कार्यक्रमका बारेमा कटु आलोचना गर्दै कुनै पनि तथ्य र यथार्य नभएको समेत आरोप लगाएका छन् ।
अझै ओलीले संसदमा आफ्ना कुराहरु राखिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया