तरकारी बेचेर परिवार पाल्दै

चितवन । सात दशक उमेर पार गरेकी  ललिता सापकोटाको दैनिकी साइकलमा तरकारी बिक्री गरेर बित्ने गर्छ । भरतपुर महानगरपालिकाको त्रिचोक निवासी ७१ वर्षीया सापकोटाले त्यही व्यापारबाट परिवार पाल्दै आएकी  छिन्  । उनले तरकारी बिक्री गर्न थालेको ४० वर्ष बित्यो  ।

पुरानो साइकलमा अगाडि टोकरी र पछाडि क्रेट छ । तिनैमा तरकारी राखेर घरघर पुगेर तरकारी बिक्री गर्छिन्  । बिहान ४:३० बजे उठेर दुई किलोमिटर टाढाको नारायणगढ तरकारीमण्डीमा पुग्छिन्  । त्यहाँ थोकमा तरकारी खरीद गरेर भरतपुरमा बिक्री गर्छिन्  ।

शुरुमा आठ÷दश किलोमिटर टाढासम्म साइकलमा तरकारी बिक्री गर्ने गरेपनि अहिले भरतपुरको मुख्य बसोबास क्षेत्रमा नै तरकारी खपत हुने गरेको सापकोटाले  बताइन् । 

बिहान ९ बजेसम्म प्रायः तरकारी बिक्री भइसक्छ । त्यसपछि घर पुगेर पुनः घरधन्दा आफैँ गर्छिन् । सापकोटाले भनिन् “पहिले यहाँ पातला घर थिए, धेरै टाढा टाढासम्म बिक्री गर्न पुग्थेँ । अहिले बूढो भए, नजिकै बिक्री गर्छु ।” नाफा कम राख्ने हुँदा उनका नियमित ग्राहक छन् । 

घरमा ७८ वर्षका श्रीमान छन्  । तीन छोरी र एक छोराकी आमा सापकोटोको आफ्नै व्यथा छ । सङ्कटकालमा भारत गएको छोरा अहिलेसम्म फर्किएको छैन । तीन छोरीको विवाह गरेर दिर्र्र्ई सकिन् ।

 सापकोटाले भनिन्  “ज्वाइँ मलेशिया गएको  ठेगाना छैन, छोरीका आमाछोरा पनि मैले नै पाल्नुपरेको छ ।” आफूसँगै श्रीमान्लाई पालेर चार छोराछोरी पढाउने हुर्काउने गरेको बताउँदै उनले यही कमाइबाट सानो घरसमेत जोडेको बताईन्  । 

बाग्लुङबाट बसाइँसरार्इ गरेर आएकी  सापकोटाले पहिलेदेखि नै आफ्ना श्रीमान्को  कुनै कमाइ नभएकाले आफैँले नियमित तरकारी बेच्दै आएको बताईन्। अरुसँग मागेर खानेभन्दा आफैँले केही गरेर खानु राम्रो देखेर नै दुःख गरिरहेको सुनाईन्  । सापकोटाले भनिन्  । “गर्ने अरु छैनन्, नगरी खानु छैन । बूढो भए पनि काम त गर्नै प¥यो ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?