ठगी आरोपमा बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउ

लोकपथ
259
Shares

काठमाडौं । बिबिसी मास्टर सेफ सन्तोष साह पक्राउ परेका छन् । ठगीको आरोपमा उनी पक्राउ परेका हुन् ।

ठगीको आरोपमा जाहेरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धनुषा प्रहरीसँग समन्वय गरी उनलाई काठमाडौं ल्याइएको हो ।

उनीमाथि ठगीको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाउने तयारी गरेको छ ।

साह सन् २०२० मा बिबिसीको मास्टर सेफ कार्यक्रममा सहभागी भई चर्चामा आएका थिए । सिराहाको कर्जन्हा नगरपालिका ११ का ४१ वर्षीय साहले पछिल्लो समय मिथिला थालीलाई ब्राण्डिङ गरिरहेका थिए ।

साहले जनकपुर र काठमाडौंमा पनि मिथिला थाली नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

तर साहले ठगी गरेको भन्दै प्रमाणसहित उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

साहमाथि शकुन्तला अधिकारी थापाले ठगीको कसुरमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

साहसँगै सिराहा कर्जन्हा ९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका छन् ।

उनीहरू दुबैलाई ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?