काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसद अवरोध हटाउने एमालेको कदमको स्वागत गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता केसीले नेपालीको सार्वभौम सर्वोच्चताको साझा थलो संसदको निरन्तर अवरोध हुनु जनताको अपमान र संविधानको अपहेलना भएको बताउँदै त्यसलाई हटाउनु स्वागतयोग्य रहेको बताए ।
सामाजिक सञ्जालमा लेख्दै नेता केसीले प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनको परिणाम समेतलाई हृदयंगम गरी गल्ती महसुससहित लोकतन्त्र र संवैधानिक प्रक्रियाले व्यवहोर्नुपरेको क्षती दोहोरिन नदिन गरेको कदम स्वागतयोग्य रहेको बताए ।
उनले लेखेका छन्, ‘संसदीय लोकतंत्रको मेरुदण्ड र नेपालीको सार्वभौम सर्वोच्चताको साझा थलो संसद निरन्तर अबरोध जगन्य भूलहो।यो जनताको अपमान र संविधानको अपहेलनाहो।हालैको निर्वाचन परिणाम समेत हृदयंगम गरी गल्ती महसुश गर्दै लोकतन्त्र र संवैधानिक प्रक्रियाले व्यहोर्नु परेको क्षति दोहरिन नदिनु स्वागत योग्य छ।’
गत वर्षको भदौ २३ गतेबाट सुरु भएको संसदको १०औँ अधिवेशन अन्तर्गतका बैठकहरुमा नेकपा एमालेले निरन्तर अवरोध गरेको थियो । तर मंगलबारबाट सुरु भएको संसद बैठकमा नेकपा एमालेले अवरोध खडा नगरी स्वतस्फुर्त रुपमा संसद चल्न दिएको थियो । एमालेले गल्ती महसुस गर्दै बैठकमा अवरोध नगर्नुलाई धेरै नेताहरुले स्वागतयोग्य कदम भएको प्रतिक्रृया दिएका छन् ।
संसदीय लोकतंत्रको मेरुदण्ड र नेपालीको सार्वभौम सर्वोच्चताको साझा थलो संसद निरन्तर अबरोध जगन्य भूलहो।यो जनताको अपमान र संविधानको अपहेलनाहो।हालैको निर्वाचन परिणाम समेत हृदयंगम गरी गल्ती महसुश गर्दै लोकतन्त्र र संवैधानिक प्रक्रियाले व्यहोर्नु परेको क्षति दोहरिन नदिनु स्वागत योग्यछ।
— Arjun Narasingha Kc (@ArjunNarasingha) May 18, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया